काठमाडौँ | नेकपा पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूह प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघरमा धर्ना बसेका छन् ।
बुधबार दाहाल–नेपाल पक्षका विघटित प्रतिनिधि सभा सदस्य, संविधानसभा सदस्य तथा प्रदेश सभा सदस्यहरुले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा धर्ना बसेका हुन् ।
संविधानको रक्षा गर्न र जनतालाई संविधानको रक्षाको निम्ति आउने विश्वासका साथ धर्नामा बसेको उनीहरुको भनाइ छ ।
नेकपा दाहाल–नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । बुधबारदेखि सुरु भएको यस धर्ना शनिबार बाहेक २१ गतेसम्म प्रत्येक दिन २ घण्टा बस्ने बताइएको छ ।