durbar-times

मलेसिया र नेदरल्यान्ड्सबीच जारी खेल वर्षाका कारण रोकियो


मलेसिया र नेदरल्यान्ड्सबीच जारी खेल वर्षाका कारण रोकियो

काठमाडौं । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा मलेसिया र नेदरल्यान्ड्सबीच जारी खेल वर्षाका कारण रोकिएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले १०.२ ओभरको समाप्तिमा ३ विकेट गुमाएर ६८ रन बनाएको छ । नेदरल्यान्ड्सका लागि बेन कुपर २५ बलमा ४ चौका र १ छक्कासहित ३३ तथा कप्तान पिटर सिलार २७ बलमा ३ चौकासहित २९ रन बनाएर खेलिरहेका छन् ।

त्यसअघि, ओपनरद्वय विक्रामजित सिंह १ र टोभिएस भिसे शून्यमा पेभेलियन फर्केका थिए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका बस दी लिड शून्यमा पेभेलियन फर्केका थिए ।

मलेसियाका लागि मुहम्मद वाफिकले ३ ओभरमा १३ रन खर्चेर २ विकेट लिएका थिए भने पवनद्वीप सिंहले ४ ओभरमा २६ रन खर्चेर १ विकेट लिएका थिए ।




1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send