इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराती भएको दुइ खेलमा उल्ब्सले चेल्सीलाई २-१ गोलले पराजित गरेको छ भने म्यानचेस्टर सिटि र वेस्ट ब्रुम १-१ गोल गर्दै बराबरीमा रोकिएको छ।
उल्ब्सको घरेको मैदानमा भएको खेलमा उल्ब्सले पुनरागमन जितहात पारेको छ। पहिलो हाफमा कुनै गोल हुन नसकेको खेलमा दोस्रो हाफको ४९ मिनेटमा गिरोड़ले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए अग्रता जोगाउन नसक्दा चेल्सीले हार बेहोर्नु परेको हो । उल्ब्सका लागी भने पोडेन्सीले ६६ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए भने खेलको थप समयको ९५ औं मिनेटमा पेड्रो नेटोले गोल गर्दै उल्ब्सले पुनरागमन जितहात पारेको हो । हार पछि चेल्सी १३ खेल्दै २२ अंक सहित तालिकाको पाचौँ स्थानमा छ भने उल्ब्स १३ खेलमा २० अंक सहित तालिकाको दशौं स्थानमा छ ।
त्यस्तै हिजोनै भएको अर्को खेलमा म्यानचेस्टर सिटि र वेस्ट ब्रुम १-१ गोल गर्दै अंक बाडेका छन् । म्यानचेस्टर सिटिको घरेलु मैदानमा भएको खेलको ३० औं मिनेटमा गुन्दोगानले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए भने खेलको ४३ औं मिनेटमा रुबेन डीएजले आत्मघाती गोल गरेका थिए । खेलको दोस्रो हाफमा कुनै गोल हुन् नसक्दा खेल बराबरीमा सकिएको थियो । बराबरी संगै १२ खेलमा २० अंक सहित म्यानचेस्टर सिटि तालिकाको छैटौंन स्थानमा छ भने वेस्ट ब्रुम १३ खेलमा ७ अंक सहित तालिकामा पुछारबाट दोश्रो स्थामा छ ।
यो पनि : रियलको जितमा बेन्जिमाको दुई गोलमा