एजेन्सी | इंग्लिस प्रिमियर लिग फुटबलमा आज शीर्ष स्थानको म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
म्यानचेस्टर डर्बी भिडन्त सिटीको घरेलु मैदानमा हुनेछ । डर्बी भिडन्त राति नेपाली समय अनुसार १०:१५ बजे सुरु हुनेछ ।
त्यसैले डर्बी भिडन्त रोमान्चक हुने अनुमान गरिएको छ । सिटी २७ खेलमा ६५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
तेस्रो स्थानको युनाईटेडको ५१ अंक रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै लिभरपुलले फुलहमसँग घरेलु मैदानमा खेल्नेछ । यस्तै टोटेनहमले क्रिस्टल प्यालेससँग खेल्दा न्युकासलले वेस्ट ब्रुमसँग खेल्नेछ ।