durbar-times

युनाइटेड र आर्सनल क्वाटरफाइनलमा, टोटेनहम बाहिरियाे


युनाइटेड र आर्सनल क्वाटरफाइनलमा,  टोटेनहम बाहिरियाे

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र आर्सनल युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गर्दा टोटेनहम भने अन्तिम १६ बाटै बाहिरिएको छ।

बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगका खेलहरु सकिएसँगै क्वाटरफाइनल समीकरणसमेत पूरा भएको छ। टोटेनहम डाइनामो जाग्रेबसँग समग्रमा ३–२ गोलअन्तरले पराजित हुँदै प्रिक्वाटरफाइनलबाटै बाहिरिएको हो।

बिहीबार राति दोस्रो खेलमा घरेलु टिम डाइनामोसँग ३–० ले पराजित हुँदै टोटेनहम बाहिरिएको हो। यसअघि पहिलो लेगमा भने टोटेनहमले २–० ले जितेको थियो।

म्यानेचेस्टर युनाइटेडले भने युरोपा लिगको क्वाटरफाइनलमा स्थान बनाएको छ। चोटबाट निको भएपछि मैदान फर्किएका पाउल पोग्बाले निर्णायक गोल गरेसँगै एसी मिलानलाई हराएर म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा पुुगेको छ । दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका पोग्बाले तीन मिनेट लगत्तै निर्णायक गोल गरेका हुन् । यससँगै मिलानको गृहमैदान सान सिएरोमा युुनाइटेड १–० ले विजयी रह्यो र समग्रमा २–१ को जित हासिल ग¥यो । यसअघि युनाइटेडको गृहमैदान ओल्ड ट्राफोडमा दुुई टोलीबीच पहिलो लेगमा १–१ गोलको बराबरी भएको थियो ।

त्यसैगरी, आयाक्सले योङ ब्वाइजलाई समग्रमा ५–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। भिल्लारियलले डाइनामो किभलाई, रोमाले शाख्तर डोनेस्कलाई, ग्रानाडाले मोल्डेलाई र स्लाभिया प्रागले रेन्जर्सलाई पराजित गर्दै युरोपा लिगको क्वाटरफाइनलमा स्थान बनाए।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send