http://bit.ly/bajajdurbartimes

म्यानचेस्टर युनाईटेड र चेल्सीको पुनरागमन जित


म्यानचेस्टर युनाईटेड र चेल्सीको पुनरागमन जित

इंग्लिस प्रिमियर लिग अन्तर्गत गएर राति भएको खेलमा म्यानचेस्टर युनाईटेड र चेल्सीले जित हात पारेका छन् ।

वेस्ट हेमको घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाईटेडले पुनरागमन जित हात पर्दै अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। खेलको सुरुवाती  हाल्फ़को ३८ औ मिनेटमा वेस्ट हेमका सउसेकले गोल गर्दै सुरुवाती हल्फमा १-० ले अग्रता लिए पनि दोस्रो हाल्फ़मा भने म्यानचेस्टर युनाईटेडका पोग्बाले खेलको ६५ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा लेराएका थिए । तेस्तै खेलको ६८ औ मिनेटमा  ग्रीनहूडले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिए भने ४५ औ मिनेटमा मैदान प्रबेस गरेका रेस्फोर्डले खेलको ७८ औ मिनेटमा गोल गर्दै म्यानचेस्टरले पुनरागमन जित निकालेको हो । जितसंगै युनाइटेड १० खेलमा १९ अंक सहित चौथो स्थानमा उक्लिएको छ भने वेस्ट हेम ११ खेलमा १७ अंक सहित सातौ स्थानमा छ ।

गए राति नै भएको अर्को खेलमा चेल्सीले लीड्स युनाइटेड संग आफ्नो घरेलु मैदानमा पुनरागमन जित निकालेको छ। खेलको ४ औ मिनेटमा बेअम्फोर्डले गोल गरेर र लीड्सलाई अग्रता दिएपनि जित भने निकाल्न सकेन । खेलको २७ औ मिनेटमा गिरोड़ले गोल गर्दै खेल बाराबारीमा लेराएका थिए भने दोस्रो हाल्फ़को ६१ औ मिनेटमा जौमाले गोल गर्दै चेल्सीले खेलमा अग्रता लिएको हो । ३० औ मिनेटमा मैदान प्रवेश गरेका पियुलिसिसले खेलको अन्तिम मिनेटमा गोल गर्दै चेल्सीले पुनरागमन जित निकालेको हो ।

जितसंगै चेल्सी ११ खेलमा २२ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने ११ खेलमा १४ अंक सहित लीड्स अंक तालिकाको १३ औ स्थानमा छ ।

यो पनि :नेसन्स लिगको सेमिफाइनल 'ड्र' सार्वजनिक

1

के हाे नागरिक स्टक डिलर ? कसरी गर्छ काम ? शेयर बजारलाइ कसरी स्थिर बनाउँछ ?

2

विप्लवकाे बन्द, कहाँ के भयाे ?

3

कार्यकारी अधिकारसहित एकदिनका लागि मुख्यमन्त्री बन्दै सृष्टि

4

यी हुन् नेपालकाे महिला फुटबल खेल्न आएका अफ्रिकन खेलाडी

5

रोनाल्डोले विश्व कीर्तिमान नराखेको दाबी

6

पीएम कपः एपिएफ र सुदूरपश्चिम ब्याटिङ गर्दै


Share Tweet Send