युनाइटेड र लिभरपुलको लज्जास्पद हार


युनाइटेड र लिभरपुलको लज्जास्पद हार

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र लिभरपुलले लज्जास्पद हार व्यहोरेका छन् ।

घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युनाइटेडले फराकिलो हार व्यहोरेको हो भने लिभरपुल एस्टन भिल्लासँग ७-२ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा एस्टनलाई सानदार जित दिलाउन ओली वाटकिन्सले ह्याट्रिक गरे । यस्तै ज्याक ग्रेयलिसले दुई गोल गर्दा जोन म्याकजिन र रोस बार्क्लीले एक एक गोल गरे ।

लिभरपुलका मोहमद सलाहले दुई गोल फर्काए ।

यस्तै युनाइटेडले टोटेनहमसँग ६-१ गोलको लज्जास्पद हार व्यहोरेको हो । फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा मार्सियल रातो कार्ड पाउदै मैदानबाट बाहिरिएपछि घरेलु टिम १० खेलाडीमा समेटियो । जसको फाइदा टोटेनहमले उठायो ।

टोटेनहमका टानगुए एनडोमबेले , ह्युङ मिन सन, ह्यारी केन, सर्जी अरियरले  गोल गर्दै टोलीलाई ६-१ को सानदार जित दिलाए ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...