प्रिमियर लिग अन्तर्गत गएराती भएको लेस्टर र टोटेनहम बिचको खेलमा लेस्टरले २-० को जित हात पारेको छ भने म्यानचेस्टर युनाईटेड र लीड्स बिचको खेलमा म्यानचेस्टरले ६-२ को सानदार जित हात पारेको छ ।
लेस्टरको घरेलु मैदानमा भएको खेलमा लेस्टरले टोटेनहममाथि २-० को जित हात पारेको छ । लेस्टरका लागी पहिलो हाफको थप समयमा जेमी भार्डी पेनाल्टी गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए भने खेलको ५९ औं मिनेटमा टोटेनहमका खेलाडी टोबी अल्देर्वेइरेल्दले आत्मघाती गोल गर्दै लेस्टरले अग्रता दोब्बर बनाउने मौका पाएको थियो । खेलमा थप कुनै टोलिले गोल गर्न नसक्दा खेल लेस्टर आफ्नो पोल्टामा हालेको हो ।
जितसंगै लेस्टर १४ खेलमा २७ अंक सहित तालिकाको दोस्रो स्थानमा छ भने टोटेनहम १४ खेलमा २५ अंक सहित तालिकाको पाचौं स्थानमा छ ।
त्यस्तै हिजोनै भएको आर्को खेलमा म्यानचेस्टर युनाईटेडले लीड्स माथि ६-२ सानदार जित हात पारेको छ । जितका लागि पहिलो हाफको २ र ३ मिनेटमा एम सी टोमीने ले दुई गोल गरेका थीए भने बुर्नो फेर्नानडेजले खेलको २० र ७० औं मिनेटमा दुइ गोल गरेका थिए भने लेंदेलोफ ३७ औं र जेम्सले ६६ औं मिनेटमा म्यानचेस्टर युनाईटेडका लागि गोल गरेका थिए । त्यस्तै लीड्सका लागि कोपरले ४२ औं मिनेट र डालासले ७३ औं मिनेटमा गोल गरेका थिए जुन जित को लागि पर्याप्त थिएन ।
जित संगै म्यानचेस्टर १३ खेलमा २६ अंक सहित तालिकाको तेस्रो स्थानमा छ भने लीड्स १४ खेलमा १७ अंक सहित तालिकाको चौधौं स्थानमा छ ।