durbar-times

सिटीको २८ खेलको अपराजित यात्रालाई युनाइटेडले रोकिदियो


सिटीको २८ खेलको अपराजित यात्रालाई युनाइटेडले रोकिदियो

प्रिमियर लिग अन्तर्गत म्यानचेष्टर डर्बीमा युनाइटेडले सिटीलाई पराजित गरेको छ ।

शीर्ष स्थानको रहेको सिटीलाई उसैको मैदानमा युनाइटेडले २-० ले पराजित गरेको हो । जितपछि युनाइटेड दोस्रो स्थानमा उक्लेको छ र सिटीसँग अंकदूरी ११ मा झारेको छ । जितका लागी खेलको दोस्रो मिनेटमै पाएको पेनाल्टीमा ब्रुनोले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ५०औं मिनेटमा लुक शले गोल गर्दै युनाइटेडलाई २-० को जित दिलाए ।

यस जितसँगै ओले गुनर सोल्सायर सिटीविरुद्ध तीन अवे खेलमा जित हात पार्ने युनाइटेडका पहिलो प्रशिक्षक बनेका छन् ।

जितपछि २८ खेलबाट ५४ अंक जोड्दै युनाइटेड लिगको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ६५ अंकसहित सिटी शीर्ष स्थानमै छ । युनाइटेडसंगको हारपछि सबैखाले प्रतियोगितामा गरेर सिटीको २८ खेलको अपराजित यात्रा टुंगिएको छ ।

1

नेपाल सुपर लिगको खेल तालिका सार्वजनिक

2

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

3

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

4

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

5

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

6

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार


Share Tweet Send