च्याम्पियन्स लिगमा युनाइटेड र पिएसजी स्तब्ध


च्याम्पियन्स लिगमा युनाइटेड र पिएसजी स्तब्ध

च्याम्पियन्स लिगमा समूह एच अन्तर्गतको खेलमा दुई ठूला क्लब म्यानचेष्टर युनाइटेड र पिएसजी पराजित भएका छन् । युनाइटेड टर्किस क्लब इस्तानबुल बसाकसेयरसँग तथा पिएसजी जर्मन क्लब आरबी लाइपजिगसँग समान २–१ ले पराजित भएका हुन् ।

टर्किस क्लबले युनाइटेडलाई सुरुवाटै दबाबमा राख्दै गोल गर्यो । प्रिमियर लिगको विभिन्न क्लबमा खेलिसकेका इस्तानबुलका फरवार्ड डेम्बा बाले १३ औं मिनेटले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए । ४० औं मिनेटमा एडिन भिस्काले गोल गर्दै इस्तानबुलको अग्रता दोब्बर पारे ।

४३ औं मिनेटमा एन्टोनी मार्सियलले गोल गर्दै युनाइटेडलाई खेलमा पर्काउने संकेत देखाएका थिए । तर त्यसपछि खेलमा थप गोल गर्न नसक्दा युनाइटेड पराजित हुन पुग्यो । समूह चरणमा युनाइटेडको यो पहिलो हार हो । इस्तानबुलको भने यो पहिलो जित हो ।

उता पिएसजीले भने दोस्रो हार व्यहोर्दा लाइपिजगले दोस्रो जित हात पारेको छ । अग्रता जोगाउन नसक्दा पिएसजी पराजित भयो । घरेलु मैदानमा लाइपजिगले एक गोलले पछि परेको अवस्था उल्टाउदै पुनरागमन जित हात पारेको हो ।

खेलको छैटौं मिनेटमै एन्जल डि मारियाले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा पिएसजीले अग्रता दोब्बर बनाउने मौका पाएको थियो तर डि मारिया पेनाल्टीमा चुकेपछि पिएसजीले मौका गुमायो । उनको प्रहार लाइपजिगका गोलिकपर पिटरले बचाए ।

४२ औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै लाइपजिगलाई खेलमा फर्काए । ५७ औं मिनेटमा एमिल फोर्सवर्गले पेनाल्टीमा गोल गर्दै लाइपजिगलाई पहिलो पटक अग्रता दिलाए ।

६९ औं मिनेटमा इड्रिसा नागा गुये रातो कार्ड पाउँदै मैदानबाट बाहिरिँदा पिएसजी दश खेलाडीमा झरेको थियो । यस्तै अन्तिम सममया प्रेसनेल किमपेम्बेले पनि रातो कार्ड पाउँदै मैदान छाडेपछि पिएसजीले ९ खेलाडीमा रहेर खेल सकाएको थियो ।

समूह एचमा युनाइटेड ६ अंकसहित शीर्ष स्थानमै छ । समान अंक जोडेको लाइपजिग दोस्रो स्थानमा छ । ३–३ अंक रहेको पिएसजी र इस्तानबुल क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...