Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

'के यो नेपालीहरुकै सरकार हो?': मनिषा कोइराला


'के यो नेपालीहरुकै सरकार हो?':  मनिषा कोइराला

काठमाडौं | कलाकार एवं सामाजिक अभियन्ता मनिषा कोइरालाले पृथ्वी जयन्तीमा भएको धरपकडको कडा विरोध गरेकी छन्।

उनी आज सोमबार परेको पृथ्वीनारायण शाहको २९९औँ जन्मजयन्तीमा सिंहदरबारको मूलगेट अगाडि रहेको शालिकमा माल्यार्पण गर्न जाँदा उनलाई अवरोध गरिएको काेइरालाले बताएकी छन्।

उनले केपी शर्मा ओलीको सरकारलाई नेपालीहरुकै सरकारको हो? भन्दै प्रश्न पनि गरेकी छिन्।

सिंहदरबार अगाडि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न गएका समर्थकलाई प्रहरीले धरपकड गरेपछि मनिषाले ट्वीटरमार्फत आक्रोश पोखेकी हुन्।

जनताको राष्ट्रिय एकताप्रतिको सामूहिक भावलाई सरकारले सम्मान गर्ने अपेक्षा गरे पनि उल्टो व्यवहार देखाएको भन्दै उनले प्रश्न गरेकी हुन्। ‘पृथ्वी नारायणको शालिक अगाडि नै सरकार को यो आपत्तिजनक कार्य? पानीको फोहरा र टियर ग्यास सहित नै तैनात प्रहरीलाई पठाउने, सरकार के नेपालीको सरकार नै हो?,’ उनको प्रश्न छ।

उनले 'राष्ट्रीय  एकता दिवसको अवसरमा सरकारको व्यवहार निन्दनीय छ। सरकार र राजनीतिक नेताहरूले  सभा  वा भेला गर्न पाउने, आम जनताले राष्ट्रनिर्माता प्रति एकभई श्रधांजलि दीन नापाउने? आमव्यक्ति को भेला हूने मौलिक अधिकार खोसेर सरकार अधिनायकबाद तर्फ उन्मुख छ।' भनेकी छिन् ।

1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send