हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि


हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि

काठमान्डौ । हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार राति फेसबुक पेजमा उनले  जानकारी दिएका छन् ।

लगातार सामान्य टाउको दुखेपछि आइतबार पीसीआर परीक्षण गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको गजुरेलले जानकारी दिए । उनले सेल्फ आइसोलेसनमा कडा नियम पालना गर्दै घरेलु उपचार लिइरहेको बताएका छन् ।

‘बिहीबारदेखि नै आइसोलेसनमा छु । बाबू नानीहरुलाई कुनै लक्षण छैन । दाजु र मलाई पोजेटिभ देखिएकोले सेल्फ आइसोलेसनको कडा नियम पालनासहित घरेलु उपचारमा छौँ’, गजुरेलले फेसबुकमा लेखेका छन्, ‘मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’

गजुरेलले संक्रमणबाट बँच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ भन्दै सचेत हुन सबैलाई आग्रह गरेका छन् ।

गत साता दाजुलाई अस्पताल लाने ल्याउने क्रममा संक्रमण भएको हुनसक्ने अनुमान उनले गरेका छन्।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...