durbar-times

२०७७ चैत्र ५ गतेका मन्त्रीपरिषद बैककका निर्णयहरू


२०७७ चैत्र ५ गतेका मन्त्रीपरिषद बैककका निर्णयहरू

२०७७ चैत ५ गते बसेको नेपाल सरकार मन्त्री परिषद बैठकले विभिन्न निर्णयहरु गरेको छ । सूचना तथा प्रविधी मन्त्रालयकाे वेवसाइटमा निम्न निर्णयहरू सार्वजनिक गरिएकाे छ ।

१. मकवानपुर जिल्ला हेटौँडा उपमहानगरपालिका स्थित नेपाल ट्रष्टको ० -९ – १५  विघा जग्गा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलय, बाग्मती प्रदेशलाई ( लिज ) भाडामा दिन स्वीकृत दिने ।

२.पर्यटन सहयोग, सरसफाइ,  सांंस्कृतिक आदानप्रदान र रोहनपुर–सिंहबाद रेलमार्ग सम्बन्धी सम्झाैता

३. तत्कालिन पञ्चायती शासन व्यवस्था विरोधी आन्दोलनमा सहभागी भएका कारण सरकार पक्षबाट हत्या भएका झापा जिल्ला विर्तामोड नगरपालिका ९ का स्वर्गीय चन्द्र डाँगी र बुध्दशान्ति गाँउपालिका वडा नं १ का स्वर्गीय रामप्रसाद प्रधानलाई सहिद घोषणा गर्ने ।

४. नेपाल टेलिभिजनको महाप्रवन्धक पदमा श्री फूलमान बल ( तामाङ्ग ) लाई नियुक्ति गर्ने ।

अन्य निर्णयहरु

१. नेपाल न्याय सेवा, राजपत्राङ्कित प्रथम श्रेणीका सह - न्यायाधिवक्ता श्री श्याम कुमार भट्टराईलाई नायव महान्यायाधिवक्ताको पदमा बढुवा नियक्तु गरी महान्यायाधिवक्ताको कार्यलयको नायव महान्यायाधिवक्ता पदमा स्थापन गर्ने ।

२. नेपाल पारवहन तथा गोदाम वावस्था कम्पनी लिमिटेडको अध्यक्ष पदमा अमरगढी नगरपालिका ८ डडेलधुराका श्री विनोद कुमार जोशीलाई नियुक्ति गर्ने ।

३. नेपाल न्याय सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीका सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव श्री उदयराज सापकोटालाई कानून न्याय तथा संसदिय मामिला मन्त्रालयको सचिव पदमा सरुवा गर्ने ।

४. नेपाल न्याय सेवा, कानून समूह, राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव तोयानाथ अधिकारीलाई राजपत्राङ्कित विशिष्ठ श्रेणीमा बढुवा नियुक्ति गरी सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव पदमा पदस्थापन गर्ने ।

५. नेपाली सेनाका प्राविधिक महासेनानी डा. सरिता के.सी.लाई प्राविधिक सहायक रथीमा र प्राविधिक प्रमुख सेनानी डा. मुन थापालाई प्राविधिक महासेनानीमा बढुवा गरी पदास्थापन गर्ने ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send