durbar-times

नेकपा निर्णयमा पुनरावलाेकनका लागि माओवादी केन्द्र सर्वाेच्च जाँदै


नेकपा निर्णयमा पुनरावलाेकनका लागि माओवादी केन्द्र सर्वाेच्च जाँदै

गत फागुन २३ गते सर्वाेच्च अदालतले तत्कालिन नेकपा एमाले र नेकपा माओवादी मिलेर बनेकाे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे आधिकारिकता खारेज गरेकाे निर्णयविरूद्ध पुनरावलाेकनका लागि आज नेकपा माओवादी सर्वाेच्च अदालत जाने भएकाे छ।

आज बिहान बसेकाे माओवादीका सर्वाेच्च नेताहरूकाे बैठकबाट आज नै सर्वाेच्च अदालत जाने निर्णय भएकाे हाे ।

बिहान ११ बजे माओवादीकाे टाेली सर्वाेच्च अदालत पुग्ने एक नेताले बताएका छन् ।

सर्वोच्चले नेकपा नाम विवादमा दुई पार्टीबिचको एकता नै अमान्य घोषित गरेको थियो। नेकपा एमाले ब्युँतिएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको सदस्यबाट नै निलम्बन गरेका छन् भने केही घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई फेरि स्पष्टीकरण सोधेका छन्।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send