काठमाडौं । इंग्ल्याण्ड र म्यानचेस्टर युनाइटेडका मार्कस रेशफोर्ड दुनियाँका सबैभन्दा भ्याल्यूएबल फुटबलर बनेका छन् । सीआईईएस फुटबलको रिपोर्टका अनुसार २३ वर्षका स्ट्राइकरको ट्रान्सफर भ्याल्यू करीव १४९० करोड रुपैयाँ रहेको छ । क्लवसँग उनको कन्ट्याक्ट २०२४ सम्म रहेको छ ।

बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सीको ट्रान्सफर भ्याल्यू ४८६ रहेको छ । ३३ वर्षका मेस्सी ९७ औँ स्थानमा रहेका छन् । यो सीजनमा उनको कन्ट्याक्ट सकिँदै छ । त्यस्तै क्रिस्टियानो रोनाल्डो टप १०० बाट बाहिरिएका छन् ।