काठमाडौँ | नेकपा माओवादी केन्द्रले पार्टी छोडेर गएका ७ मन्त्रीहरुलाई कारवाही गर्ने निर्णय गरेको छ ।
माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभू साह, उर्जामन्त्री टोपबहादुर रायमाझी, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, खेलकुदमन्त्री दावा लामा र खानेपानी मन्त्री मणि थापालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो । बादल, भट्ट, साह, चौधरी र रायमाझीको सांसद पदसमेत खोस्ने निर्णय गरेको छ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उनीहरुलाई कारवाहीको पत्र तयार भइसकेको बताएका छन् ।