काठमाडौँ । काठमाडौँ मेयर कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले काठमाडौँ मेयर-११ लाई ५ विकेटले पराजित गरेको छ ।
काठमाडौँ मेयर-११ ले दिएको १५६ रनको लक्ष्य पछाएको आर्मीले २३.५ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । आर्मीलाई जित दिलाउन सोमपाल कामीले आक्रामक ब्याटिंग गर्दै ८० रन बनाएका थिए । सोमपालले ओपनिंग गर्दै ५१ बलमा ९ चौका र ६ छक्का प्रहार गरेका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको काठमाडौँ मेयर-११ ले ४२.१ ओभरमा अल आउट हुदै १५५ रन बनाएको थियो ।
यस प्रतियोगितामा आर्मी र काठमाडौँ मेयर-११ दुवै टिम २-२ खेल खेल्दै १-१ जित हासिल गरेका छन् ।