durbar-times

सुदुरपश्चिम मेयर कप महिला टी-२० क्रिकेटकाे फाइनलमा


सुदुरपश्चिम मेयर कप महिला टी-२० क्रिकेटकाे फाइनलमा

सुदुरपश्चिम प्रदेशले जारी ललितपुर मेयर कप महिला टी-२० क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ । यो जितसँगै सुदुरपश्चिमले फाइनलमा पुगेको छ ।

बुधबार भएको खेलमा सुदुरपश्चिमले लुम्बिनी प्रदेशलाई ८ विकेटले हरायो । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाउँदै ७२ रन बनायो ।

लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाईन । यस्तै कप्तान नेरी थापाले ११ रन जोडिन । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

बलिङमा लक्ष्मी साउदले चार ओभरमा मात्र १७ रन खर्चिएर ४ विकेट लिइन । यस्तै रितु कनोजियाले ३ विकेट हात पारिन ।

जवाफमा सुदुरपश्चिमले १२ ओभर तीन बलमा मात्र दुई विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो ।

सुदुरपश्चिमको जितमा मंजु बोगटीले २६ रन बनाइन भने रेवती धामीले १७ को योगदान गरिन । यस्तै विन्दु रावलले रनको जोडिन ।

याेसँगै प्रदेश एक र लुम्बिनी प्रतियाेगिताबाट बाहिरीएका छन ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send