फ्रेन्च लिग वान अन्तर्गत गएराती भएको खेलमा पिएसजीले लोरिएन्टलाई २-० ले पराजित गरेको छ ।
दोस्रो हाफको ४९ औं मिनेटमा लोरिएन्टका ग्राभिलोनले रातो कार्ड खाएर मैदान छाडेकाे खेलमा लोरिएन्टकले २-०ले हार ब्यहाेरेकाे हाे । खेलको ५१ औं मिनेटमा एमबापेले पेनाल्टी मार्फत गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए भने खेलको ६० औं मिनेटमा केनले गोल गर्दै अग्रता दोब्बर बनाएको थियो ।
जितसंगै १५ खेलमा ३१ अंक सहित पिएसजी तालिकाको दोस्रो स्थानमा छ भने १५ खेलमा ११ अंक सहित लोरिएन्ट तालिकामा पुछारबाट तेस्रो सथानमा छ।
यो पनि :