durbar-times

एमबाप्पे मेस्सी र रोनाल्डोको स्तरमा पुग्नेछन्: ग्रीजम्यान


एमबाप्पे मेस्सी र रोनाल्डोको स्तरमा पुग्नेछन्: ग्रीजम्यान

एजेन्सी | बार्सिलोनाका फरवार्ड एन्टोनियो ग्रीजम्यानले पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्ट्राइकर केलियन एमबाप्पेलाई लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग तुलना गरेका छन् ।

च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत बार्सिलोनाविरुद्धको पहिलो लेगमा ह्याट्रिक गरेपछि ग्रीजम्यानले एमबाप्पेलाई मेस्सी र रोनाल्डोसँग तुलना गरेका हुन् ।

फ्रान्सका सहकर्मी समेत रहेका ग्रीजम्यानले एमबाप्पे चाडै मेस्सी र रोनाल्डोको स्तरमा पुग्ने समेत बताए ।उनले भने, 'उनीबाट म खुसी छु । मलाई विश्वास छ पीएसजीसँग भविष्यका स्टार छन् । जो मेस्सी र रोनाल्डोको स्तरमा हुनेछन्,' ।

एमबाप्पेले ह्याट्रिक गरेपछि पीएसजीले पहिलो लेगमा बार्सिलोनालाई ४-१ ले हराएको थियो ।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send