काठमाडौं | नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) चाँडै नै पास गर्नु पर्ने बताएकी छन् ।
उनले विद्युतको विकासका लागि एमसीसीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले यसलाई अविलम्ब पास गराउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा महासंघको ५४ औं साधारण सभा शुरू भएको हो ।
अध्यक्ष राणाल ेकठिन अवस्थामा पनि मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि निजी क्षेत्र अहोरात्र खटिइरहेको बताइन् । उनले १३ वर्षभन्दा बढी आफू महासंघमा काम गरेको बताउँदै ५४ औं वर्षको इतिहासमा आफू पहिलोपटक महिला अध्यक्ष भएकोमा सबैलाई धन्यवाद ज्ञापन दिइन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एमसीसीका विषयमा फरक मत आइरहेका बेला अध्यक्ष राणाको यस्तो प्रस्ताव आएको हो । स्वयं प्रधानमन्त्री ओली पनि एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् ।
यो पनि पढ्नुहोस्:
अर्थतन्त्र भी आकारमा पुनः स्थापित हुन्छ, सबैले मेहनत गरौँ : अर्थमन्त्री पौडेल
नयाँ मिति नतोकी पुराना कामहरु सकौँ : एम सि सि