मेगा बैंकले १३.०५% लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको बिहीबार पुस २ गते बसेको बैठकले हाल कायम चुक्ता पुँजीको १०% बोनस सेयर र कर प्रयोजनसहित ३.०५% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यसर्थ, बैंकले १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५४१ रुपैयाँ बराबरको बोनस सेयर बाँड्नेछ ।
यस्तै, ४० करोड ६३ लाख ४२ हजार २१० रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । अब नियामक राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । गत वर्ष बैंकले ११.७५% नगद लाभांश वितरण गरेको थियो ।
