मेलम्चीमा आज बजार अनुगमन (फोटो सहित)


मेलम्चीमा आज बजार अनुगमन (फोटो सहित)

सुशील सुवेदी, मेलम्ची | सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष तथा बजार अनुगमन समितीका अध्यक्ष राम बहादुर लामाको संयोजकत्वमा वडा नं. ११ स्थित मेलम्ची बजारमा आज बजार अनुगमन गरिएको छ ।

चाड पर्व नजिकिदै गर्दा अरु समयमा भन्दा खरिद बिक्रि बढी हुने हुनाले बजारमा उपभोक्ता ठगिने क्रम, म्याद नाघेका सामान बेच्ने र अन्य ठगी जस्ता गतिविधि हुने भएकाले अनुगमनलाई निरन्तरता दिएको मेलम्ची नगर पालिका वडा नम्बर १२ का  वडा अध्यक्ष एवं बजार अनुगमन समितिका संयोजक लामाले दरबार टाईम्सलाई जानकारी दिए। अनुगमनमा विभिन्न खाद्यान्न पसल र मासु पसलहरु अनुगमन गरिएको हो।

अनुगमनका क्रममा केही खाद्यान्न पसलहरुमा म्याद नाघेका पेय पदार्थ, कुर्मुरे, चाउचाउ बिस्कुट लगाएत अन्य म्याद नाघेका सामानहरु भेटिएको छ। त्यस्ता  सामानहरुलाई पसलबाट हटाइ नष्ट गरिएको छ। साथै अनुगमनका क्रममा केही पसलहरु दर्ता नगरिएको नविकरण नगरिएको पनि भेटिएको छ। त्यस्ता पसललाई दर्ता गर्ने र नविकरण नगरिएका पसलहरुलाई नविकरण गर्न र कर नतिरेकालाई तिर्न एकपटकको लागि सम्झाई-बुझाई गरेर छाडिएको नगरपालिकाका राजश्व शाखाका प्रमुख राजेन्द्र दुलालले दरबार टाईम्सलाई जानकारी दिए। अनुगमनको क्रममा मेलम्ची बजारमा रहेका विभिन्न खाद्यान्न तथा मासु पसलमा मूल्य शुचि समेत राखिएको छ ।

अनुगमनमा मेलम्ची नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष राम बाहादुर लामा मेलम्ची नगरपालिका वडा नम्बर ११ का वडा  अध्यक्ष रुद्र प्रशाद  दुलाल , मेलम्ची नगर पालिका का राजस्व शाखा का प्रमुख राजेन्द्र दुलाल, बजार व्यवस्थापन समितीका अध्यक्ष टेकलाल श्रेष्ठ बजार व्यवस्थापन समितीका सदस्य तारा चन्द्र दुलाल, कृष्ण दुलाल, उद्योग बाणिज्य संघ, नेपाल  प्रहरी, स-शस्त्र प्रहरी, पत्रकार र विभिन्न स्थानीय लगायतको उपस्थिति रहेको थियो ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...