durbar-times

मेलम्चीकाे पानी काठमाडाैँमा , अवलाेकन गर्न प्रधानमन्त्री सुन्दरीजल जाने


मेलम्चीकाे पानी काठमाडाैँमा , अवलाेकन गर्न प्रधानमन्त्री सुन्दरीजल जाने

नेपालमा लामाे समयदेखि चर्चाकाे विषय बन्ने गरेकाे मेलम्ची खानेपानि आयाेजना समाप्तिकाे चरणमा पुगेकाे छ । आज साँझ प्रधानमन्त्री केपी शर्मा ओली सुन्दरीजल पुगेर मेलम्चिकाे पानी काठमाडाैँ आइपुगेकाे प्रत्यक्ष हेर्ने कार्यक्रम रहेकाे छ ।

फागुन १० गते मेलम्ची खानेपानी आयोजनाको मुहानबाट २६ किमी लामो सुरुङमा दोस्रो पटक सुरुङ परीक्षण थालेको हो ।

आयोजनाको मुहान सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित अस्थायी बाँधबाट सोमबार सुरुङ परीक्षण सुरु गरिएको हो । सुरुङ परीक्षण र  प्रशोधन केन्द्र परीक्षणलाई दुई-दुई महिना छुट्याइएको छ ।

त्यसपछि मेलम्चीको पानी संघीय राजधानीमा वितरण सुरु गर्न सकिने आयोजनाले जनाएको छ ।

खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कन्ट्रोल रुममा रहेको स्विच अन गरी पानी सुरुङतर्फ पठाएका हुन्।

करिब दुई दशकअघि सुरु भएको आयोजनाको म्याद पटक–पटक सार्दै अस्थायी बाँध बनाएर पानी सुन्दरीजल पुर्‍याउन लागिएको हो।

अम्बाथानबाट २६ किमि सुरुङ निर्माण गरी पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी सुन्दरीजल पुर्‍याउन लागिएको छ। परीक्षणका क्रममा प्रतिसेकेन्ड २ सय ६० लिटरका दरले पानी सुरुङमा पथान्तर गरिएको छ।

1

काम नगरी थकाइ किन थकाइ लाग्छ ? थाहा पाउनुहाेस कारण र समाधान

2

आइपिएलमा आज चेन्नइ र दिल्ली भिड्दै

3

एल क्लासिकाे भीडन्त आज , कसले मार्ला बाजी ? यस्ताे छ अनुमानित टीम

4

यी हुन् याे साता शेयर बजारमा सबैभन्दा धेरै कमाउने र गुमाउने कम्पनी

5

शनिबार र आइतबार बैंक खुला राख्न राष्ट्र बैंककाे निर्देशन

6

३ दलको बैठक सकियो, कुनै निष्कर्ष निस्किएन


Share Tweet Send