durbar-times

मेराे शेयरकाे पासवर्ड बिर्सिनुभयाे ? यसरी गर्नुस रिसेट


मेराे शेयरकाे पासवर्ड बिर्सिनुभयाे ? यसरी गर्नुस रिसेट

आजकल हप्तैपिच्छेजस्ताे आइपिओ खुलिरहेकाे छ । लगानीकर्ताहरू पनि प्रत्येक आइपिओमा उत्तिकै चाख लिइरहेका देखिन्छन् । पछिल्लाे समय आइपिओ भर्नका लागि बैंकमा लाइन लाग्न नपर्ने तथा माेबाइलबाट नै आइपिओ भर्न मिल्ने भएपछि लगानीकर्ताहरू खुशी देखिन्छन् ।

सिडिएससि एण्ड क्लियरिङ लिमिटेडले आइपिओ भर्नका लागि मेराेशेयर वेभसाइट तथा माेबाइल एप्लिकेशन पनि सञ्चालनमा ल्याएकाे छ । डिम्याट खाता खाेलिसकेपछि डिम्याटलाइ मेराेशेयरमा कनेक्ट गर्नुपर्छ जसकाे लागि सम्बन्धित क्यापिटल तथा बैंकमा गएर मेराे शेयरकाे फारम भरेपछि इमेलमा युजरनेम र पासवर्ड आउँछ । जसबाट मेराेशेयर लगइन गरी आइपिओ भर्न सकिन्छ ।

मेराे शेयरमा लगइन गर्दा तपाइँले १०० चाेटीसम्म गलत पासवर्ड हाल्न पाउनुहुन्छ । त्यसपछि भने तपाइँकाे अकाउन्ट ब्लक हुन्छ । त्यसपछि अथवा मेराे शेयरकाे पासवर्ड बिर्सेमा कसरी रिसेट गर्ने ?

मेराे शेयरकाे पासवर्ड बिर्सेमा तपाइँले जहाँ तपाइँले मेराे शेयरकाे अकाउन्ट खाेल्नुभएकाे हाे त्यहाँ अथवा जुन क्यापिटलमा तपाइँले डिम्याट अकाउन्ट खाेल्नु भएकाे त्यहाँ जानुपर्ने हुन्छ। त्यहाँ गएर मेराे शेयरकाे पासवर्ड रिसेट गर्ने फारम भरी बुझाउनुपर्ने हुन्छ । त्यसका लागि कुनै शुल्क लाग्दैन ।

फारम भरेर बुझाइसकेपछि तपाइँकाे इमेलमा नयाँ इमेल आउँछ जसमा पासवर्ड रिसेट गर्ने लिङ्क दिइएकाे हुन्छ । त्यसमा क्लिक गरेर तपाइँले मेराेशेयरकाे नयाँ पासवर्ड राख्न सक्नुहुन्छ ।

अब केही  दिनमा सिडिएससिले मेराे शेयरमा नै फरगट पासवर्डकाे अप्सन पनि ल्याउने तयारी गरिरहेकाे जनाएकाे छ । त्यसपछि भने लगानीकर्ता याे झन्झटबाट मुक्त हुनेछन् ।

थप सामाग्री पढ्नुहाेस

TMS कसरी चलाउने ? शेयर कसरी खरिद बिक्री गर्ने ?
हाल अनलाइनबाट नै शेयर खरिद बिक्री गर्न मिल्ने भएपछि शेयर बजारमा लगानीकर्ताहरूकाे भीड बढ्न थालेकाे छ । घरबाट नै शेयर किन्न तथा बेच्न मिल्ने भएपछि गृहिणी तथा विद्यार्थीहरूकाे पनि यसमा आकर्षण बढ्दाे छ । विदेशबाट समेत शेयर बजारमा काराेबार गरिरहेका लगानीकर्ताहरू देखिन थालेका छन् । यही सन्दर्भमा कतिपय लगा…

क्लाेज आउटबाट ११ कराेड जरिवाना असुल, कसरी परिन्छ क्लाेज आउटमा ?
चालु आर्थिक वर्षको ७ महिनामा ‘क्लोज आउट’ मा परेर लगानीकर्ताले करिब ११ करोड रुपैयाँ जरिवाना तिरेका छन् । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका प्रवक्ता सुरेश न्यौपानेका अनुसार फागुन पहिलो सातासम्म लगानीकर्ताले ‘क्लोज आउट’ कारबाहीमा परेर १० करोड ८९ लाख ८६ हजार ४७७ रुपैयाँ जरिवाना तिरेका छन् । साउनयता लगानीकर…

अन्तत: आइपिओ रिजल्ट हेर्न सिडिएससीको नयाँ सुविधा
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले साधारण शेयर ९आइपिओ० को नजिता हेर्न नयाँ वेभसाइट निर्माण गरेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको www.iporesult.cdsc.com.np [https://iporesult.cdsc.com.np] नामक वेभसाइट बाट अब सजिलै आइपिओको नजिता हेर्न सकिने भएको हो । यसअघि आर्थिक सञ्चार माध्यमहरूले…

घरमै बसी बसी आइपिओ बेच्ने तरिका
नेपालमा पछिल्लाे समय शेयर मार्केटमा लगानीकर्ताहरूकाे आकर्षण बढ्दै गएकाे छ । शेयर मार्केटकाे पुँजी र नयाँ कम्पनीहरूकाे आगमनसँगै बजार पनि ठूलाे बन्दै गएकाे छ। लगानी डुब्ने जाेखिम कम हुने तथा लगानी नै सानाे हुने भएकाले शेयर बजारकाे दाेश्राे बजारभन्दा प्राथमिक बजार बढी आकर्षित हुँदै गएकाे छ । पछिल्लाे…
1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send