durbar-times

मेरो सेयरको पासवर्ड आफैँ रिसेट गर्न सकिने


मेरो सेयरको पासवर्ड आफैँ रिसेट गर्न सकिने

काठमाडौं - नेपाल सिडीएस एण्ड क्लियारिङ्ग लिमिटेड (सीडीएससी) ले ‘मेरो सेयर’ पोर्टलको पासवर्ड आफैँ रिसेट गर्न सकिने सुविधा ल्याउन लागेको छ ।

अहिले 'मेरो सेयर' सफ्टवेरमा अपग्रेडिङका कार्य भइरहेको र यो कार्यको सम्पन्न भएलगत्तै लगानीकर्ताहरुले नै पासवर्ड रिसेट गर्नम मिल्ने सुविधा ल्याउन लागिएको सीडीएससी जनाएको छ ।

'मेरो सेयर' सफ्टवेरको अपग्रेडिङ कार्य अन्तिम चरणमा पुगेको र अपग्रेड भएपछि मेरो सेयरमा पहिलेजस्तो प्राविधिक समस्या नआउने सीडीएससीको दाबी छ ।

हालसम्म  ‘मेरो सेयर’ को पासवर्ड बिर्सेमा लगानीकर्ताले  सम्बन्धित क्यापिटलमा नै पुगेर रिसेट गर्नुपर्ने प्रावधान रहेको छ ।

यो सेवा निशुल्क भएपनि कतिपय यस्तो सेवाप्रदायक कम्पनीहरुले भने शुल्क लिँदै आएका थिए ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send