durbar-times

मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुलाई ३ दिने क्षमता तथा नेतृत्व विकास तालिम


मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुलाई ३ दिने क्षमता तथा नेतृत्व विकास तालिम

१४ चैत २०७७ शर्मिला विश्वकर्मा, काठमाण्डौं। मेरुदण्ड पक्षघात समुह नेपालको आयोजना तथा एविलिज फाउण्डेशन र सामाजिक विकास मन्त्रालय बाग्मती प्रदेशको सहयोगमा मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुलाई ३ दिने क्षमता विकास तथा नेतृत्व विकास तालिम काठमाण्डैमा प्रदान गरिएकाे छ ।

उक्त ३ दिने तालिममा अपाङ्गता भएका व्यक्तिहरुका हक अधिकार, राज्यले उपलब्ध गराएका सेवा सुविधा, विभिन्न ऐन कानून तथा नीति नियमहरुका विषयमा प्रशिक्षण दिइएको थियो । साथै अपाङ्गता भएका व्यक्तिहरुका लागि स्थापना भएका संघ संस्थाहरुको संस्थागत विकास कसरी गर्ने, परियोना तथा रिपोर्ट कसरी लेख्ने, मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरु कसरी समाजमा घुलिमिल हुने लगायतका विषयमा सहजकर्ताहरुले जानकारी गराएका थिए ।

मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुलाई प्रदान गरिएको ३ दिने क्षमता तथा नेतृत्व विकास तालिमका सहभागिहरु 

काठमाण्डौंको होटल हार्दिकमा यही चैत १० गते देखि १२ गते सम्म सञ्चालन भएको तालिमको समापनका क्रममा नेपाल नेत्रहिन संघका अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रिय सदस्य रमेश पोखरेलले मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई सबै सरोकारवाला निकायहरुले उठाउनुपर्ने बताए ।

यसै क्रममा गण्डकी प्रदेशबाट तालिममा सहभागि भएकी मेरुदण्ड पक्षघात अपाङ्गता भएकी महिला अञ्जु बरालले यस तालिमबाट अपाङ्गता भएका व्यक्तिहरुका सवालमा धेरै कुराहरु सिकेको र यो सिकेको कुरालाई आफ्नो ठाँउमा अन्य व्यक्तिहरुलाई पनि जानकारी गराउने बताउँदै अबका दिनमा यस्ता तालिमहरुलाई जिल्ला तथा प्रदेश स्तरमा पनि सञ्चाल गर्नु पर्ने कुरामा जोड दिइन् भने प्रदेश नं १ का मेरुदण्ड पक्षघात समुह नेपालका अध्यक्ष विक्रम घिमिरेले यस तालिमबाट राज्यले अपाङ्गता भएका व्यक्तिहरुका लागि व्यवस्था गरेका तथा बनाएका ऐन कानून तथा नीति नियमहरुको बारेमा राम्ररी जानकारी भएको बताउँदै यो तालिममा सिकेका कुरालाई आफ्नो प्रदेशमा पनि सिकाउने बताए ।

तालिम समापनका क्रममा आयोजक संस्था मेरुदण्ड पक्षघात समुह नेपालका अध्यक्ष ऋषि ढकालले आगामी दिनमा यस्ता कार्यक्रमहरुलाई जिल्ला तथा प्रदेश स्तरमा लैजानको लागि पहल गर्ने बताए । एविलिज फाउण्डेशनका राष्ट्रिय संयोजक तथा नेपाल प्रतिनिधि डा.विरेन्द्रराज पोखरेलले यो तालिमले मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुको क्षमता अभिवृधी गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउदै आ-आफ्नो ठाँउमा गएर यहाँ सिकेका कुराहरु अरु अपाङ्गता भएका व्यक्तिहरुलाई पनि सिकाउन आग्रह गरे । ३ दिन सम्म सञ्चालन भएको सो तालिममा सातै प्रदेशका महिला पुरुष गरी ३२ जना मेरुदण्ड पक्षघात अपाङ्गता भएका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send