durbar-times

मेस्सीले बार्सिलोनाको सिजनको अन्तिम खेल नखेल्ने, के उनि बार्सिलोनामै बस्छन् ?


मेस्सीले बार्सिलोनाको सिजनको अन्तिम खेल नखेल्ने, के उनि बार्सिलोनामै बस्छन् ?

लियोनल मेस्सीले ला लिगा अन्तर्गत सिजनको अन्तिम खेल नखेल्ने भएका छन् । मेस्सीले यो सिजनको अन्तिम खेल यसअघि नै खेलिसकेको र उनी अहिले छुुट्टिमा पनि गइसकेका छन ।

मेस्सी अर्को महिनाबाट सुरु हुने कोपा अमेरिकाको लागि आराम दिएको हो । कोपा अमेरिका जुन १३ बाट अर्जेन्टिनामा सुरु हुनेछ । तर कोपा अमेरीका अर्को महिनाबाट हुने नहुने एकिन छैन । किनकी अर्जेन्टिनामा फुटबल गतिविधी अनिश्चित समयका लागि स्थगित गरिएको छ ।

मेस्सीको बार्सिलोनासँगको सम्झौता यस सिजनको अन्त्यसँगै सकिदैछ । अब उनि फेरी बार्सिलोनाबाट खेल्छन् या खेल्दैनन् भन्ने धेरै कौतोहलता छ । अघिल्लो बर्ष क्लवसँगको विवादका कारण एक सिजनमात्र खेल्ने बताएका थिए । तर अब उनि बार्सिलोना मै रहन्छन कि रहन्न भन्ने ठ्याक्कै यकिन लाउन सकिन्न ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send