एजेन्सी । क्रिस्टियानो रोनाल्डोले लियोनल मेस्सीलाई आफुले कहिल्यै प्रतिद्वन्दीको रुपमा नहेरेको बताएका छन् ।
च्याम्पियनस लिगमा बार्सिलोनाविरुद्ध दुई गोल गरेपछि सञ्चार माध्यमलाई प्रतिक्रिया दिदै रोनाल्डोले मेस्सीलाई कहिल्यै प्रतिद्वन्दीको रुपमा नहेरेको बताए । रोनाल्डोको दुई गोल र वेस्टन म्यानकेनीको एक गोलको सहयोगमा युभेन्ट्सले समूह 'जी'को खेलमा मंगलबार राति बार्सिलोनालाई ३–० ले हराएको थियो ।
खेलमा मेस्सीले युभेन्ट्सविरुद्ध ११ आक्रमण गरेका थिए । जसमा ७ प्रहार पोस्टभित्र थिए ।
रोनाल्डोले ९ सिजन रियल मड्रिडबाट ला लिगामा खेलेका थिए । खेलपछि रोनाल्डोले सर्वकालिन महान दुई खेलाडीबीच कुनै प्रकारको प्रतिद्वन्दीता नरहेको बताए ।
रोनाल्डोले भने,‘मैले सधै उनीसंग धेरै सौहार्दपूर्ण सम्बन्ध बनाए । मैले करिब १२, १३ वा १४ वर्ष अवार्ड समारोह उनीसंग बाँडेको छु । मैले कहिल्यै प्रतिद्धन्दीको रुपमा उनलाई हेरिन ।’
‘उनी सधै आफ्नो टिमलाई राम्रो गर्न कोशिश गर्छन् । म त्यही गर्छु । मैले सधै उनलाई राम्रो तरिकाले पाएको छु ।’ रोनाल्डोले भने ।
‘तर हामी जान्दछौ, फुटबलमा, मिडियामा, देखाउनका लागि, एक प्रतिद्वन्दीको माग हुने गर्छ । तर मैले सधै उनीसंग राम्रो व्यवहार गरेको छु । तर सधै उनलाई त्यसरीनै देख्छु ।’ उनले थपे ।
मेस्सीले अन्य खेलाडी भन्दा बढी आक्रमण युभेन्ट्सको पोस्टमा गरे । तर उनी गोल गर्न सफल रहन सकेनन् । तर रोनाल्डोले दुई गोल गर्दै च्याम्पियन्स लिगमा १ सय ३४ गोल संख्या पुरा गरे ।
‘बार्सिलोना कठिन समयबाट गुज्रिरहेको छ । तर उ अझै बार्सिलोनानै हो ।’ रोनाल्डोले भने ।
‘साँचो यही हो कि हामी धेरै खुसी छौ । हामीलाई थाहा थियो, यो असम्भव मिसन थियो । यो एक जटिल मिसन थियो । तर हामीले राम्रो खेल्यौ ।’ उनले भने ।
युभेन्ट्स सिरि 'ए'मा समेत यस सिजन अपराजित छ । तर उसले १० खेलमा बराबरी खेलेको छ र तालिकाको छैटौं स्थानमा छ । टुरिन क्लब शीर्ष स्थानको मिलान भन्दा ६ अंकले पछि छ ।
यो पनि पढ्नुहोस्:
बार्सिलोनाको असफलता बोक्दा-बोक्दा वाक्क भइसकेँ : मेस्सी
मेस्सीको गोल सेलेब्रेसनले बार्सिलोनालाई जरिवाना
मेस्सी, लेवान्डोस्की र सलाहलाई पछि पार्दै रोनाल्डोलाई गोल्डेन फुट अवार्ड