durbar-times

मेस्सिको गोलमा बार्सिलोनाको जित


मेस्सिको गोलमा बार्सिलोनाको जित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सीयालाई ३–२ गोल अन्तर हराएको हो ।

भ्यालेन्सीयाको घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले खेलको ५६ औं र ६८ औं मिनेटमा दुई गोल गरे । त्यस्तै एन्टोनी ग्रिजम्यानले खेलको ६२ औं मिनेटमा एक गोल गरे ।

उता भ्यालेन्सीयाका लागि ग्रावियल पुलिस्टाले खेलको ४९ औं मिनेटमा र कार्लाेस सोलेरले ८२ औं मिनेटमा एक–एक गोल गरे ।

जितसँगै बार्सिलोनाले उपाधि होडमा आफूलाई बलियो बनाएको छ । लिगमा ३४ खेल खेलेको बार्सिलोना ७४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।

समान खेल खेलेको एट्लेटिको ७६ अंक सहित शीर्ष स्थानमा हुँदा रियल ७४ अंक सहित दोस्रो स्थानमा छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send