http://bit.ly/bajajdurbartimes

मेस्सीको कीर्तिमान, तोडे पेलेको रेकर्ड


मेस्सीको कीर्तिमान, तोडे पेलेको रेकर्ड

एजेन्सी | लियोनल मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको रेकर्ड भंग गरेका छन् ।

बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै उनले ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका हुन् ।

स्पेनिस ला लिगामा मंगलबार बार्सिलोनाले रियल भालाडोलिडलाई ३–०ले पराजित गरेको खेलमा मेस्सी पनि गोल गर्दै पेलेको रेकर्ड भंग गरेका हुन् ।

मेस्सीले बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए । पेड्रीको ब्याकहिल पासमा मेस्सीले क्लबका लागि तेस्रो गोल गरेका थिए ।

मेस्सीकै पासमा क्लेमेन्ट लिन्गलेटले हेडमार्फत पाहुना टोली बार्सिलोनालाई अघि बढाएका थिए । ३५औँ मिनेटमा मार्टिन ब्रेथवेट बार्सिलोनाको अग्रता दोब्बर बनाउने काम गरे । ईन्जुरी समयमा मेस्सीको प्रहार पोस्टमा लागेको थियो ।

ब्राजिली लिजेण्ड पेलेले १९ सिजन सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए । उनले सन् १९५६ देखि १९७४ सम्म ब्राजिली क्लब सान्तोषबाट ब्यवसायीक फुटबल खेलेका थिए ।

मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल सन् २००५ मा गरेका थिए । उनले बार्सिलोनाबाट १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि हात पारे । यस सिजनको अन्त्यसंगै मेस्सीको बार्सिलोनासंगको सम्झौता सकिदैछ ।

यो पनि :

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send