महिला लघुवित्त वित्तीय संस्थाको आज शुक्रबार (माघ ३० गते) बाट ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको छ । कुल खुला गरिएको मध्ये ०.५% (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५% (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएको छ । बाँकी ३ लाख ७५ हजार कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।महिला लघुवित्तको आइपीओ फागुन २ गतेसम्म भर्न सकिनेछ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन १२ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले सी–आस्वाको माध्यमबाट आवेदन दिन सक्नेछन् । यो आइपीओमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङले बिक्री प्रबन्धकको काम गर्दैछ ।
३ लाख ७५ हजार कित्ता शेयर रहेकाे र पछिल्लाे समय आइपीओमा पर्ने आवेदनकाे अनुपातमा याे निकै थाेरै भएकाले सर्वसाधारणले १० कित्ता शेयरका लागि भाग्यमा भर पर्नुपर्ने सम्भावना रहेकाे छ ।