durbar-times

महिला लघुवित्तको आइपीओ बाँडफाँट ,झण्डै १५ लाखकाे हात खाली


महिला लघुवित्तको आइपीओ बाँडफाँट ,झण्डै १५ लाखकाे हात खाली

महिला लघुवित्तको आइपीओ शुक्रबार बिहान ८ बजे बाँडफाँट भएको छ । यसमा ३७ हजार ५०० जना सर्वसाधारण लगानीकर्ताले गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले सेयर हात पारेका छन् । कुल १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएकामा ३ हजार ३५३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक नेपाल एसबीआई मचेन्ट बैंकिङले जानकारी गराएको छ ।

महिला लघुवित्तकाे आइपिओ बाँडफाँड,यसरी हेर्नुहाेस रिजल्ट
महिला लघुवित्तकाे आइपिओ भर्खरै बाँडफाँड भएकाे छ । लघुवित्तले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गरेको थियो । हाल सिडिएससी , सम्बन्धित बिक्री प्रबन्धक र सम्बन्धित कम्पनीभन्दा बाहेक अरूले आइपिओ रिजल्ट सार्वजनिक गर्न नमिल्ने भएकाले हामीले आइपिओ रिजल्ट कहाँ कस…

कुल १५ लाख ३६ हजार ६८२ जना योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराइएको हो । योग्य आवेदकमध्ये १४ लाख ९९ हजार १८२ जनाको हात खाली भएको छ । महिलाले माघ ३० गतेबाट फागुन ५ गतेसम्म ४ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ०.५% (५ हजार कित्ता) कम्पनीका कर्मचारीलाई सुरक्षित गरिएको थियो भने ५% (२० हजार कित्ता) सेयर म्युचुअल फन्डलाई छुट्याईको थियो । बाँकी ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरिएको हो ।

1

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

2

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

3

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?

4

कर्णालीमा मुख्यमन्त्रीले विश्वासको मत लिँदै

5

मध्यपहाडी आयोजनाको काम असारभित्रै सम्पन्न हुने

6

लुटपाट आरोपमा चार युवकलाई पक्राउ


Share Tweet Send