राष्ट्रिय महिला फुटबल लिगमा आज दुई खेल रहेका छन्।
लिगमा आज त्रिभुवन आर्मी फुटबल क्लब तथा बिराटनगर महानगर मोरङ बिच एउटा र नेपाल एपीएफ क्लब र चौदन्दिगढि नगरपालिका उदयपुर बिच अर्को खेल रहेको छ।
आर्मी र बिराटनगर बिचको खेल बिहानको ११:३० बजेबाट ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ। यस् खेलमा विजयी बन्ने टोली तालिकाको दोस्रो स्थानमा उक्लने छ।
यस्तै दिउँसोको २:३० बजेबाट एन्फा कम्प्लेक्समा एपीएफ र चौदन्दिगढि बिच दिनको दोस्रो खेल रहेको छ।
हालसम्म पाँच खेलमा शतप्रतिशत जितका साथ शिर्ष स्थानमा रहेको एपीएफलाई अर्को जित निकाल्दै शिर्ष स्थानमा पूर्ण रुपमा पकड बनाउने अवसर रहेको छ।
यता लिगको पाँचौ चरणसम्म आइपुग्दा पनि अंक विहिन रहेको चौदन्दिगढि भने आज पहिलो अंककै खोजीमा हुनेछ।