काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज (शनिबार) दुई खेल हुँदैछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।
विराटनगर र चौदण्डीबीचको खेल बिहान ११:३० बजे सुरु हुनेछ ।
दुबै टिम जित निकाल्ने लक्ष्यसित मैदान उत्रने छन् । लिगमा विराटनगर दोस्रो जितको खोजीमा हुनेछ । विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ । विराटनगर पाँचौं स्थानमा रहेको छ । चौदण्डीगढी भने पहिलो जितको खोजीमा रहेको छ । तीन खेलमा अंक विहीन चौदण्डी पुछारमा रहेको छ ।
अर्को खेलमा एपीएफ र वालिङ नगरपालिकाबीच खेल हुनेछ । एपीएफ र वालिङबीचको खेल अपरान्ह २:३० मा सुरु हुनेछ ।
एपीएफ लगातार पाँचौं जितको खोजीमा हुनेछ । एपीएफ ४ खेलमा अपराजित रहदै १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । वालिङ दोस्रो जितको खोजीमा रहेको छ । वालिङ ४ खेलमा ५ अंक जोडेर चौंथो स्थानमा रहेको छ । क्यामरुनी खेलाडीको साथ पाएको वालिङ एपीएफलाई हराएर दोस्रो स्थानमा उक्लन चाहन्छ ।