http://bit.ly/bajajdurbartimes

महिलाले भाेटिङ्स राइट पाएकाे पहिलाे देश(संघर्षकाे कथा)

२८ नाेभेम्बर १९८३ मा न्युजिल्याण्डमा महिलाहरूले प्रथमपटक भाेट हालेका थिए ।


महिलाले भाेटिङ्स राइट पाएकाे पहिलाे देश(संघर्षकाे कथा)

वर्तमान विश्वमा शक्तिशाली मानिएका देशहरूमा महिला भाेटिङ्स राइट ल्याउन वर्षाैँ कुर्नुपरेकाे इतिहास छ । अमेरिकामा याे कानून ल्याउन १४४ वर्ष कुर्नुपरेकाे थियाे भने बेलायतमा पनि शताब्दी नै कुर्नुपरेकाे इतिहास पढ्न पाइन्छ । तर यी देशहरूकाे तुलनामा न्युजिल्याण्ड यस्ताे देश बन्याे जसले विश्वमा नै पहिलाे पटक महिलाहरूलाई पनि भाेट गर्न पाउने अधिकार प्रदान गर्याे ।

 २८ नाेभेम्बर १९८३ मा न्युजिल्याण्डमा महिलाहरूले प्रथमपटक भाेट हालेका थिए ।न्युजिल्याण्काे सरकारी वेवसाइटमा प्राप्त जानकारी अनुसार महिलाहरूले पनि भाेट गर्न पाउने कुरालाइ लिएर सन् १९८० देखि आन्दाेलन सुरू भएकाे थियाे ।

केट शेपर्थ जसले न्युजिल्याण्डमा महिलाहरूले पनि भाेट हाल्न पाउनुपर्ने आन्दाेलनकाे नेतृत्व गरेकी थिइन् । 

महिलाहरूलाई भाेटिङ राइट दिलाउनका लागि संघर्ष गर्न एउटा सँस्था बन्याे जसकाे नाम थियाे वुमंस क्रिश्चियन टेम्परेन्स यूनियन (WCTU)। जसकाे नेतृत्व केट शेपर्थले गरेकी थिइन् ।

केट शेपर्थले नै महिला भाेटिङ राइटकाे लडाइँकाे नेतृत्व गरिन् । यसकाे लागि उनले हस्ताक्षर संकलन अभियान सञ्चालन गरिन् । करिब तीन वर्षकाे अथक प्रयासपछि उनले ३२ हजार महिलाहरूकाे हस्ताक्षर संकलन गर्न सकिन्। जुन संख्या  तत्कालीन न्युजिल्याण्डकाे कुल महिला जनसंख्याकाे एक चाैथाइ बराबर थियाे ।

उनकाे याे हस्ताक्षर संकलन कार्यले कानूनकाे रूप लिन १९ सेप्टेम्बर सम्म कुर्न पर्याे र अन्ततः यसले कानूनी मान्यता पायाे । र २८ नाेभेम्बर १९८३ मा कुल महिला भाेटर संख्याकाे ८२ प्रतिशत (९०२९० जना) महिलाले विश्वकाे इतिहासमा पहिलाे पटक भाेट हालेका थिए ।

केट शेपर्थकाे याेगदानकाे कदर गर्दै न्युजिल्याण्ले उनकाे तस्वीर त्यहाँकाे १० डलरकाे नाेटमा प्रकाशित गरेकाे थियाे ।

न्युजिल्याण्डमा महिलाहरूले पनि भाेट हाल्न थालेपछि यसैकाे सिकाे गर्दै अन्य देशहरूमा पनि याे श्रृंखलाले मान्यता पाउँदै गयाे र अहिले भाेटिङ्स राइट अनिवार्य बनिसकेकाे छ ।

1

५० हजारभन्दा बढी शंकास्पद आवेदन, कहिले हाेला बाँडफाँड

2

नेकपाकाे अध्यक्ष बन्लान त वामदेव ?

3

पोर्न साइट हेर्ने २० लाख प्रयोगकर्ताको डेटा लिक

4

चितवन सवारी दुर्घटना, २ को मृत्यु

5

बढ्यो सुनको मूल्य,यतिमा कारोवार भइरहेको छ

6

मेस्सीको आलोचना गर्दै यसो भन्छन् अर्जेन्टिनाका पूर्व गोलरक्षक


Share Tweet Send