मुम्बई प्ले अफ पुग्ने पहिलो टिम, चेन्नई पहिलो पटक प्ले अफ पुग्न सकेन


मुम्बई प्ले अफ पुग्ने पहिलो टिम, चेन्नई पहिलो पटक प्ले अफ पुग्न सकेन

साविक विजेता मुम्बई इन्डियन्स युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ ।

आइपिएलमा अभागी : ९९ रनमा आउट हुने खेलाडीहरू
टी ट्वान्टी क्रिकेट राेमाञ्चक खेल हाे । जसमा भाग्य पनि हुन्छ दूर्भाग्य पनि हुन्छ। खेलका क्रममा यस्ताे क्षणपनि देख्न पाइन्छ जुन अन्त कतै देख्न पाइँदैन । खेलकाे नतिजा जसकाे पक्षमा गएपनि खेल हेर्ने दर्शकलाई भने खेलमा भएका गतिविधिहरूले राेमाञ्चित बनाइरहन्छ। त्यसमाथीपनि इण्डियन प्रमियर लिग (आइपिएल) झनै…

तालिकाको पुछारमा रहेको चेन्नईले कोलकातालाई हराएपछि शीर्ष स्थानको मुम्बई प्ले अफ पुग्ने पहिलो टिम बनेको हो । मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । र, तालिकाको शीर्ष स्थानमा रहेको छ ।

चेन्नईको कोलकातामाथी जित
चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ । दुबईमा बिहीबार राति भएको खेलमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले…

अब बाँकी रहेको २ खेल गुमाए पनि मुम्बई शीर्ष चारमा रहनेछ । चेन्नई कोलकातासँग पराजित भएको भए मुम्बईले प्ले अफ पुग्न अझै एक खेल कुर्नु पर्ने थियो ।

अब  तीन टिमले प्ले अफमा स्थान बनाउने छन् । जसका लागि ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । चेन्नई कोलकातासँग पराजित भएको भए मुम्बईले प्ले अफ पुग्न अझै एक खेल कुर्नु पर्ने थियो । अब  तीन टिमले प्ले अफमा स्थान बनाउने छन् । जसका लागि ६ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

तालिकाको दोस्रो स्थानको रोयल च्यालेन्जर्स बैंगलोर र तेस्रो स्थानको दिल्ली क्यापिटल्सले १२ खेलमा १४ अंक जोडेका छन् । दुबै टिम प्ले अफको मुख्य दाबेदार टिम हुन् ।

यस्तै चौंथो स्थानको किङ्स इलाभेन पन्जाब र पाँचौको कोलकाताको समेत सम्भावना रहेको छ । पन्जाब र कोलकाताले १२ खेलमा समान १२/१२ अंक जोडेका छ । सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको पनि प्ले अफ सम्भावना रहेको छ । दुबैले १०/१० अंक जोडेका छन् ।

चेन्नई भने प्रतियोगिताबाट बाहिरिसकेको छ । चेन्नई आईपीएलमा पहिलो पटक प्ले अफ पुग्न नसकेको हो ।

किङ्स इलाभेन पन्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा
एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज (शुक्रबार) किङ्स इलाभेन पन्जाब र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । चेन्नईको कोलकातामाथी जितचेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकाता …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...