पहिलो क्वालिफायरमा मुम्बई र दिल्ली भिड्दै


पहिलो क्वालिफायरमा मुम्बई र दिल्ली भिड्दै

युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायरमा आज मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

साविक विजेता समेत रहेको मुम्बईले दुबईमा दिल्लीको सामना गर्नेछ । मुम्बई र दिल्लीबीचको खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।  दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बई र दिल्ली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । पराजित हुने टिमले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । त्यसैले दुई टिमबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ ।

मुम्बईले १४ खेलमा ९ जितसहित १८ अंक जोडेर शीर्ष स्थानमा रहदै क्वालिफायरमा स्थान बनाएको हो ।

दिल्लीविरुद्ध मुम्बई लिग चरणको प्रदर्शन कायम राख्न चाहन्छ । यस्तै मुम्बई दिल्लीविरुद्ध लिग चरणमा अपराजित समेत रहेको थियो ।

नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली लिगको दोस्रो स्थानमा रहदै क्वालिफायर पुगेको हो । दिल्लीले लिग चरणमा १४ खेलमा ८ जितसहित १६ अंक जोडेको थियो ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...