durbar-times

माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्धविच्छेद


माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्बन्धविच्छेद

खर्बपति बिल गेट्स दम्पतीले सम्बन्ध विच्छेदको घोषणा गरेको छ । बिल र मेलिन्डा गेट्सले सम्बन्ध विच्छेदको घोषणा गरेका हुन् ।

उनीहरुले २७ वर्ष लामो वैवाहिक सम्बन्धलाई टुक्रयाउँदै अब संगै बस्न नसक्ने बताएका हुन् । जोडीले भनेको छ, ‘हामी अब जोडीका रुपमा एक अर्कालाई विश्वास गर्ने अवस्थामा छैनौं ।’

सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै यो जोडीले लेखेको छ, ‘हाम्रो सम्बन्धको लामो विचार विमर्शपछि हामीले वैवाहिक सम्बन्ध टुंग्याउने निष्कर्षमा पुगेका छौं ।’

सन् १९८० को दशकमा पहिलो पटक भेटिएका उनीहरु अन्ततः छुट्टिएका हुन् । असीको दशकमा मेलिन्डा बिल गेट्सको माइक्रोसफ्ट फर्ममा आवद्ध हुन पुगेकी थिइन् ।

उनीहरुका तीन सन्तान छन् । उनीहरुले संयुक्त रुपमा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशन चलाउँदै आएका छन् ।

फोर्ब्सका अनुसार बिल गेट्स विश्वकै चौथो धनी हुन्, जसको हालको सम्पत्ति १२४ बिलियन डलर रहेको छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send