नेपाल एयरलाइन्सले आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत वैदेशिक रोजगारीका सिलसिलामा मलेसिया पुगी ज्यान गुमाएका नेपालीहरुको शव नेपाल ल्याएकाे छ ।
नेपाल वायुसेवा निगमले यस प्रयोजनका लागि वाइडबडी जहाज ए ३३० क्वालालाम्पुर पठाएको थियाे ।एउटै जहाजमा १७ जना नेपाललीकाे शव आइपुगेकाे हाे ।
यसअघि विभिन्न अवराेध र यात्रु चापकाे कारणले गर्दा नेपाल ल्याउन नसकिएका शवहरू एकैचाेटी ल्याउनका लागि छुट्टै जहाज नै पठाउनु परेकाे हाे ।