durbar-times

मङ्गल ग्रहबाट पठाइएका मनमाेहक तस्बीरहरू


मङ्गल ग्रहबाट पठाइएका मनमाेहक तस्बीरहरू

नासाको पर्सिभिअरन्स रोभर पृथ्वीबाट सात महिना यात्रा गरेर मङ्गल ग्रहमा १८ फेब्रुअरीका दिन जीएमटी २०:५५ मा अवतरण गरेको थियो।

त्यसयता अवतरण गरेको स्थान जेजेरो क्रेटरबाट उक्त रोभरले कैयौँ अद्‌भुत तस्बिरहरू पठाएको छ।

विगतमा मङ्गल ग्रहमा रहेको ठानिएको सूक्ष्मजीवाणुको जीवाशेष खोजी गर्ने क्रममा पर्सिभिअरन्सले पठाएका तस्बिरबाट छानिएका केही तस्बिर यहाँ प्रस्तुत गरिएको छ जसले मङ्गल ग्रहको भूगर्भ, पूर्वमौसम र मङ्गल ग्रहको चट्टान देखाउँछन्।

रोभर अवतरण गर्नु अन्तिम समयतिर रोभरले फ्याँकेको हावाले उडाएको धुलो।

अवतरणका लागि तल झर्दै गर्दा देखिएको जेजेरो क्रेटर। यो तस्बिरको मध्य बायाँतर्फ अवतरण गरेको थियो। दायाँतर्फ भएको उठेको भाग प्राचीन समयमा बग्दै आएको नदीले काटेको भूभाग मानिन्छ। यो ठाउँबाट रोभरले माटो र चट्टान निकालेर ट्यूबहरूमा भर्नेछ जुन भविष्यमा पृथ्वीमा ल्याउने योजना छ।
हार्बर सील' नाम दिइएको चट्टान। हावाले खियाउँदै लगेको चट्टानको तस्बिरले क्यामेरा प्रणालीले कति मिहिन विवरण आउने गरी फोटो खिच्दो रहेछ भन्ने देखाउँछ।
नासाको रिकनियसन्स् अर्बिटरमा रहेको क्यामेराले खिचेको क्यामेराले खिचेको पर्सिभिअरन्स रोभरको पहिलो तस्बिर।

बिबिसी नेपाली

1

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

2

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

3

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

4

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

5

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

6

कांग्रेस संसदीय दलको बैठक बस्दै


Share Tweet Send