http://bit.ly/bajajdurbartimes

मंगलबार पनि सुधारियाे नेप्से


मंगलबार पनि सुधारियाे नेप्से

साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से सूचकका साथै कारोबार रकममा समेत सामान्य सूधार देखिएको छ। ठूलो उतारचढाव नदेखिएको मंगलबारको बजार अन्तिममा सामान्य अंक बढेर बन्द भएको छ।

यस दिन नेप्से सूचक ५.५७ अंक बढेर २०१२.८९ विन्दुमा पुगेको छ भने २०९ वटा कम्पनीको ८० लाख कित्ता शेयर ४ अर्ब ९ करोड रुपैयाँमा खरिद बिक्री भएको छ। अघिल्लो दिन ४ अर्ब भन्दा थोरैको शेयर कारोबार भएकोमा मंगलबार यस्तो रकम केहि बढेको हो।

मंगलबार उत्पादनमूलक कम्पनीहरुमा लगानीकर्ताको आकर्षण देखिएको छ। यस दिन उक्त उपसमूहको सूचक सबैभन्दा धेरै ४ प्रतिशतले बढेको छ।

यस दिन उत्पादनमूलक समूहका शिवम् सिमेन्टको शेयरमूल्य ५.६७ प्रतिशतले बढेको छ भने हिमालयन डिस्टिलरीको पनि ४ प्रतिशतले बढेको छ।

यता हाइड्रोपावर उपसमूहको सूचक भने सबैभन्दा धेरै १.१८ प्रतिशतले घटेको छ। हाइड्रोपावर कम्पनीहरुमा बिक्री चाप बढ्दा उक्त उपसमूहको सूचक घटेको हो।

यस दिन कारोबारमा आएका १२ वटा उपसमूहमध्ये ४ वटा उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएको छ।

मंगलबार नविल बैंकको सबैभन्दा धेरै ५३ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम सिमेन्टको २७ करोड ९३ लाख, ग्लोबल आईएमई बैंकको २३ करोड ५० लाख, हिमालयन डिस्टिलरीको २० करोड र नेपाल लाइफको झण्डै १९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

मंगलबार नागरिक लगानी कोषको शेयरमूल्य सबैभन्दा धेरै ९.९९ प्रतिशतले बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको पनि ९.९८ प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सको ७.५० प्रतिशतले बढेको छ।

यता मल्टिपर्पस फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ भने सेन्ट्रल फाइनान्सको ४.०९ प्रतिशत, मितेरी डेभलपमेन्ट बैंकको ३.८६ प्रतिशत, युनाइटेड इदी मर्दिको ३.७७ प्रतिशत र राधि हाइड्रोको ३.७७ प्रतिशतले घटेको छ।

1

एक सिजनमा सर्वाधिक कमाई गर्ने क्लबकाे पहिलाे स्थानमा बार्सिलाेना

2

टी १० लिग आजबाट , साेमपालले खेल्ने सम्भावना, करणले के गर्लान?

3

सुरू भयाे स्वस्थानी व्रत , व्रतपूजामा ५० भन्दा बढी सहभागी हुन नपाउने

4

केपी ओलीलाई नोबेल पुरस्कारका लागि सिफारिस गराैँ : लोहनी

5

विहिबार सुनको मुल्यमा गिरावट

6

पुछारको सेफिल्डसँग युनाईटेड पराजित


Share Tweet Send