मंगलबार स्थिर रहेको सुनको भाउमा बुधबार भने गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतिोला ६०० रुपैयाँले घटेको हो ।
हिजो ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुनलाई आज ९२ हजार रुपैयाँ र तेजावी सुनलाई प्रतितोला ९१ हजार ५०० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउ पनि आज गिरावट आएको छ । हिजो एक हजार ३८० रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज प्रतितोला एक हजार ३२० रुपैयाँ पर्नेछ । चाँदी आज प्रतितोला ६० रुपैयाँले घटेको महासंघले जनाएको छ ।