झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आफू चढ्ने गाडी प्रहरीलाई दिएका छन्।
झापा लगायत देशका अन्य पालिकाहरुमा नगरप्रमुख तथा उपप्रमुखहरुले महँगो मूल्यका गाडी सुविधा लिइरहेको समाचारहरू आइरहेको बेला कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पाखरेलले भने आफूले चढ्ने गाडी प्रहरीलाई दिएका हुन्।
शुक्रबार एक कार्यक्रमको आयोजना गरेर प्रमुख पोखरेलले उक्त गाडी प्रहरीलाई दिएका हुन्।
आफू चढ्ने बुलेरो गाडीको चाबी इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरिक्षक उदय शम्सेर जबरालाई जिम्मा दिए।
नगरप्रमुख पोखरेलले आफूले चढ्नुभन्दा प्रहरीलाई दिँदा जनताको सुरक्षा बढी हुने भएकोले गाडी प्रहरीलाई दिएको बताए।
मेयर पोखरेलले यस अघि समेत गाडी किन्न छुट्टाएको ५० लाख रुपैँया रकमसमेत प्राविधिक शिक्षाका लागि प्रदान गरेका थिए।