धनगढी । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कैलालीको घोडाघोडी नगरपालिकाको १ सुखडमा कालो झण्डा देखाइएको छ ।
अनेरास्ववियू कैलालीले मन्त्री चौधरीलाई बिहीवार बिहान कालो झण्डा देखाएको हो ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिकाको सुखडमा मन्त्री चौधरीलाई प्रचण्ड–नेपाल समूह निकट अनेरास्ववीयूका विद्यार्थीहरुले कालोझण्डा देखाएका हुन् ।