http://bit.ly/bajajdurbartimes

नेटफ्लिक्सको मेगाहिट स्पेनिस सिरिज ‘मनि हाइस्ट’ अब कोरियाली भाषामा


नेटफ्लिक्सको मेगाहिट स्पेनिस सिरिज ‘मनि हाइस्ट’ अब कोरियाली भाषामा

एजेन्सी । नेटफ्लिक्सको मेगाहिट स्पेनिस सिरिज ‘मनी हाइस्ट’ को अन्तिम सिजन अर्थात सिजन–५ का लागि दर्शक प्रतिक्षारत छन् । यसको अन्तिम सिजनको छायांकन अहिले भइरहेको छ । विश्वव्यापी रुपमा एक ठूलो हिट सिरिज सावित भएको यस सिरिज अब कोरियान भाषामा पनि आउने छ । नेटफ्लिक्स हाल यसको कोरियन सिरिजमा पनि काम गरिरहेको छ ।

डेडलाइनका अनुसार, “कोरियाली अवतारमा यस सिरिजका सर्जक एलेक्स पिना कार्यकारी निर्माताको रुपमा काम गर्नेछन्, र किम होंग–सनले निर्देशन गर्नेछन् । किमले टिभी नाटकहरु द गेष्ट, भ्वाइस र ब्लाक सञ्चालन गरिरहेका छन् । यस कोरियन भाषाका निर्माता बीएच इन्टरटेन्मेन्ट र कन्टेन्टस जीम हुनेछ ।”

पिना भन्छन्, “कोरियाली क्रिएटरहरु वर्षौदेखि आफ्नै भाषा र अडियोभिजुअल संस्कृतिको विकास गर्दैछन् । उनीहरुले हाम्रो सिरिजलाई सांस्कृतिक बोर्डर पार गरेर विश्वका हजारौं दर्शकसम्म पुर्याउने कोसिस गरिराख्नु भएको छ । कासा डी पापेलको संसार कोरियाली सर्जकहरुलाई आकर्षक लागेर आफ्नै भाषामा तयार गर्न लाग्नु भएकोमा म निकै हर्षित छु । यो कोरियाली भाषामा पनि एक कोसे ढुंगा सावित हुनेमा म निकै रोमाञ्चित छु ।”

यसको आधिकारिक स्पेनिस भर्जनको अन्तिम सिजनका लागि मिगेल एन्जल सिल्वेस्ट्रे र प्याट्रिक क्रियाड थपिएका छन् । यो अन्तिम १० एपिसोडले डेन्भरका बाल्यकालका साथी मनिलाको कथा पनि बताउने छ ।

यो पनि पढ्नुहोस्:

अक्षयको 'बच्चन पाण्डे'मा यी हिरोइनले खेल्ने पक्का

रश्मिका भारतकी नेशनल क्रस

केकीले बाेक्सीकाे घर बनाउने



1

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड हुने समय तय

2

महिला लघुवित्तले आईपीओ बिक्री गर्ने

3

हार्याे पुलिस , एपिएफ फाइनलमा

4

पछिल्लो २४ घण्टामा थप २८३ जनामा कोरोना संक्रमण पुष्टि

5

वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज

6

आईपीएल अक्सनको मिति र स्थान तोकियो


Share Tweet Send