२०२० का झुर पासवर्डहरु सार्वजनिक, तपाईंकोसँग तुलना गर्नुहोस्


२०२० का झुर पासवर्डहरु सार्वजनिक, तपाईंकोसँग तुलना गर्नुहोस्

स्मार्टफोन अनि ईन्टरनेटको दुनियाँमा बिभिन्न सुबिधा उपभोग गर्न व्यक्तिगत अकाउन्टहरु बनाउने गरिन्छ र ती व्यक्तिगत अकाउन्ट पासवर्डले सुरक्षित गरिन्छ ताकी कुनै पनि अन्य व्यक्तिले त्यसभित्र रहेका सुबिधा र सम्बन्धित गोप्य व महत्वपूर्ण जानकारी हासिल गर्न नसकोस।

सुरक्षित पासवर्ड त महत्वपूर्ण भईहाल्यो तर यादगार पनि हुनु झन महत्वपूर्ण हुनेगर्छ। त्यसैले टेक्नोलोजी प्रयोग कर्ता माज सही पासवर्ड राख्नु एक चुनौती पूर्ण कार्य मानिन्छ। यसरी थरी थरी का अकाउन्टका लागि थरी थरी पासवर्ड राख्दा भुल्न सक्ने भएर प्रायले सबै अकाउन्टमा एउटै खाले पासवर्ड राख्ने गरेको तथ्यहरुले देखाउँछन। यसरी याद गर्न सजिलो मानेर सबै अकाउन्टमा एकै खाले पासवर्ड राख्दा सुरक्षा झन फितलो हुन जान्छ। एउटा अकाउन्टको जानकारी कुनै सुरक्षा गड्बडीले गर्दा सार्वजनिक भएको खण्डमा अन्य सबै अकाउन्ट पनि खतरामा पर्दछन।

पासवर्ड म्यानेजर नोर्ड्पासले सार्वजनिक गरेको २०२० को तथ्यांक अनुसार यादराख्न सजिलो हुने मानेर प्राय टेक्नोलोजी प्रयोगकर्ताले सहज पासवर्ड राखेका कारण अकाउन्ट ह्याक, डाटा चोरी लगायत सुरक्षा चुनौती भोग्नु परेको देखिन्छ।

यहाँ हामीले २०२० का अधिक्तम प्राय गरिएका पासवर्ड सार्वजनिक गरेका छौं:

थप  Password यहाँ हेर्नुहोस्

साइबर विज्ञहरूले उपयोगकर्तालाई बलियो किसिमको पासवर्ड राख्न सुझाव दिएका छन् । कमजोर पासवर्ड सहजै चोरिने भएकाले यस्तो सुझाव दिइएको हो । धेरैजसो प्रयोगकर्ताहरुले आफ्नो गोप्य पासवर्ड कसरी ह्याक भयो भन्ने कुरामा अनबिज्ञ रहेका छन् । तपाईको पासवर्ड कतिसम्म शक्तिशाली छ भन्ने कुरामा ध्यान नदिदाँ पासवर्ड चोरी हुने गरेको पाईन्छ ।

गुगलको अध्ययनबाट कमजोर पासवर्डहरू बढी ह्याक भएको पाइएको छ । सर्वा्धिक कमजोर पासवर्डहरूमा 123456, password, 123456789, 0123456789, 12345, 123123, sunsine, iloveu, princes, admin, welcome, 666666, abc123, monkey, 654321, password1 रहेका छन ।

आफ्नो पासवर्ड राख्दा अंक अक्षर मिक्स गरेर राख्दा केहीहदसम्म शक्तिशाली हुने गर्दछ । क्यापिटल लेटर, स्मल लेटर, अंक र अन्य चिन्हहरुको प्रयोग गरि १० देखी १२ वटा अक्षरको शब्द प्रयोग गर्नुपर्दछ ।

आफूले सामाजिक सञ्जालमा प्रयोग गरेको इमेल र फोन नम्बर तपाईं आफ्नो नियन्त्रणमा हुनुले आफ्नो गोपनियता चोरी हुनबाट बच्न सकिन्छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...