माउण्टेन इनर्जीको आइपीओ आजदेखि खुल्यो, यस्तो छ कम्पनी विवरण


माउण्टेन इनर्जीको आइपीओ आजदेखि खुल्यो, यस्तो छ कम्पनी विवरण

काठमाडौं : माउण्टेन इनर्जी नेपालको साधारण शेयर (आइपीओ) आज कात्तिक २६ गतेबाट खुला भएको छ । कम्पनीले १९ करोड ६८ लाख २ हजार ७ सय रुपैयाँ बराबरको रू एक सय अंकित दरले १९ लाख ६८ हजार २७ कित्ता आइपिओ निष्काशन गरेको हो । यसमध्ये २% अर्थात ३९ हजार ३६१ कित्ता कर्मचारीलाई र ५% अर्थात ९८ हजार ४०१ कित्ता सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।

सर्वसाधारण लगानीकर्ताले बाँकी १८ लाख ३० हजार २६५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यस आइपीओमा सर्वसाधारणले छिटोमा मंसिर २ गतेसम्म आवेदन गर्न सक्नेछन् । त्यस अवधिमा सबै सेयर विक्री नभए ढिलोमा मंसिर १० गतेसम्म आवेदन दिन सकिनेछ । तर पछिल्लो समय आइपीओमा अधिक आकर्षण देखिएको मंसिर २ मै सबै आवेदन परिसक्ने अनुमान गर्न सकिन्छ ।

यसले जारी पुँजीको २०% अर्थात ३९ करोड ३६ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सोमध्ये कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता सेयर निष्कासन खुला भएको हो । यसअघि यसले पहिलो चरणमा आयोजना प्रभावित नुवाकोट र म्याग्दी जिल्लाका स्थानीयको १९ लाख ६८ हजार २७ कित्ता आइपीओ बिक्री गरेको थियो ।

यस आइपीओमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र सीबीआइएल क्यापिटलले बिक्री प्रबन्धकको काम गरेका छन् ।क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । यसले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो । माउन्टेनले म्याग्दीको नीलगिरी खोलामा ३८ मेगावाटको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

कम्पनीको विवरणपत्रमा उल्लेख गरिएको विवरण अनुसार आर्थिक वर्ष २०७८–७९ मा प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ८० पैसा र प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ २८ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । यसमा चन्दप्रसाद ढकाल, मीनबहादुर गुरुङ, प्रमोदकुमार खेतान, प्रदिपजंग पाण्डे लगायतको प्रमुख लगानी रहेको छ ।

कोभिड–१९ भ्याक्सिनको आशामा विश्व शेयर बजारमा उछाल
एजेन्सी | कोभिड–१९ विरुद्धको भ्याक्सिनको सम्भावित सफलताको आशासँगै विश्व शेयर बजारमा उछाल देखिएको छ । ड्रग्स फर्म फाइजरले प्रारम्भिक विश्लेषणमा आफूले निर्माण गरिरहेको कोरोना भाइरस विरुद्धको भ्याक्सिन ९० प्रतिशत प्रभावकारी भएको बताएसँगै उक्त कम्पनीको शेयरमा ९ प्रतिशतको बढोत्तरी देखियो । अमेरिकी राष्…
पूर्वअर्थमन्त्री खतिवडा हुँदा विवादित भएका निर्णयहरु उल्टाउँदै अर्थमन्त्री पौडेल
काठमाडौं | पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले पुस्तकमा लगाइँदै आएको कर हटेको छ । अर्थ मन्त्री विष्णु पौडेलको प्रस्तावमा कर हटाउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । खतिवडा अर्थमन्त्री हुँदा भएका विवादित निर्णयहरु सबै उल्ट्याइएको छ । विद्युत्तीय सवारीमा ला…
परिवारकाे डिम्याट खातामा भएकाे शेयर आफ्नाेमा कसरी ट्रान्सफर गर्ने ?
नेपालमा शेयर बजारमा लगानीकर्ताहरूकाे आकर्षण बढ्दाे छ । पछिल्लाे समय शेयरमा आवेदन भर्नेहरूकाे संख्या दिनानुदिन बढ्दै गएकाे छ । आफ्ना परिवारका सदस्यहरूकाे नाममा डिम्याट खाता खाेल्ने र सबैकाे नाममा शेयर आवेदन गर्ने क्रम पनि बढेकाे छ। परिवारकाे नाममा शेयर त आउँछ तर किनबेच गर्नका लागि भने सबैकाे ब्राेक…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...