सत्तारूढ नेकपाको दाहाल–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको छ । आईतबार बिहान प्रदेशसभा सचिवालयमा यस्तो प्रस्ताव दर्ता भएको हो । अविश्वासको प्रस्ताव सगै भीम आचार्य नयाँं मुख्यमन्त्रीका उम्मेदवार प्रस्तावित भएका छन् ।
प्रदेश १ मा कुल ९३ सदस्य छन् । सो प्रस्ताव पारित हुनका लागि ४६ सदस्यको आवश्यकता हुन्छ। आईतबार अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने ३७ सदस्य रहेका छन् ।
भीम आचार्यलाई मुख्यमन्त्रीका रुपमा अघि सार्दै राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको हो । आईतबार प्रदेश सरकारका केही मन्त्रीले राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा सामाजिक विकासमन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर, उद्योय राज्यमन्त्री विवेक विश्वास छन। अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेश सरकारको मन्त्रिपरिषदको आकास्मिक बैठक बसिरहेको छ।