durbar-times

मुलुकको विकास गर्न लागेको देख्‍न नसक्नेहरूले हटाउनका लागि परे : प्रधानमन्त्री ओली


मुलुकको विकास गर्न लागेको देख्‍न नसक्नेहरूले हटाउनका लागि परे :  प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले मुलुकको देश विकास गर्न लागेकाले त्यो देख्‍न नसक्नेहरूले हटाउनका लागि अनेक प्रपञ्च रचिरहेको बताएका छन् । मंगलबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही राजनीतिक दलको अहिलेको मुख्य काम ‘केपी ओली हटाउ’ रहेको बताए ।

‘अहिले केही राजनीतिक दल र बुद्धिजीवीहरू कसरी हुन्छ केपी ओलीलाई हटाउनु पर्छ भनेर लागिरहेका छन् । करण ओलीले विकासका काम सबै गर्न लागिसक्यो हामीले भजाउने एजेण्डा भएनन् भन्ने हो,’ ओलीले भने, ‘देश विकास गर्दा धेरैलाई गाह्रो भएको छ ।’

आफूले तराईको समस्या समाधान गरेको, विप्लव माओवादीका समस्या समाधान गरेको, पूर्व-पश्चिम राजमार्ग चौँडा गरेको, तुइन हटाएको, मेलम्चीको बाटो काठमाडौंमा ल्याएको देख्‍न नसकेर हटाउनलाई कम्मर कसेर लागेको बताए ।

अहिले दलहरूले राजनीति नगरेको पनि बताए । देश कहाँ संकटमा पर्‍यो भनेर ओलीले उल्टै प्रश्‍न पनि गरे । आफूले कसैको मुखमा टेप लगाएर नराखेको पनि ओलीले बताए ।

ओलीले आफूले संघबाट प्रदेशमा बजेट पठाउँदा कसैलाई काखा, कसैलाई पाखा नगरेको बताए । उनले बरु सरकारले विकासमा पछि परेको ठाउँमा गौरवका आयोजना सुरु गरेको बताए ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send